बिजपाटी सम्बाददाता     Jul 31, 2020 | 04:34:53 PM


tansen

शुक्रबार काठमाडौँ उपत्यकाका ३८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेहरुमा  काठमाडौँका ३२ जना  ललितपुरका ५ जना र भक्तपुरमा १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । मन्त्रालयका अनुसार आज देशभर थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म ५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7