आइतबार थप २४६ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 04:29:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको स्वाब परीक्षण गरिएको छ ।

हालसम्म १४ हजार ६ सय ३ जना उपचार पश्चात निको भएका छन् । संक्रमितमध्ये ५७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ५६७२ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved