वडाध्यक्ष ठाकुरको मृत्यु, पीसीआर रिपोर्ट आउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 02:28:46 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटका एक वडाध्यक्षको मृत्यु भएको छ । ईशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको आइतबार राति मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण भएको आशंका गरीएको छ । 

तीन दिनअघि कोरोना संक्रमणको आशंकामा उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणकालगि उनको स्वब संकलन गरिसकिएको जनाइएको छ । 

ज्वरो आउनुका साथै रुघा र खोकी लागेर ठाकुरलाई उपचारका लागि गौरस्थित एक निजी क्लिनिकमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला जनस्वास्थय कार्यालयले जनाकारी दिएको छ ।  उनलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि आइतबार राति गौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved