काठमाडौंमा फेरी जोर बिजोर लागु हुने सम्भावना

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 03, 2020 | 03:31:47 PM मा प्रकाशित

nj

पछिल्लो समय  काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित बढ्दै जानथालेपछि सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरीएको छ ।  सक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको हो ।

स्वास्थ्य मन्त्रालयको सो प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को निर्देशक समितिमाछलफल कै क्रममा रहेको छ । सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍मा प्रस्तावका रुपमा गएपछि मात्र जोर विजोर लागु हुने नहुने निर्णय हुनेछ । सीसीएमसीका अधिकारीहरु भने जोरविजोर लागू गर्न सकारात्मक रहेको जनाइएको छ ।

सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो । उपत्यकामा कोरोना संक्रमितको ससंख्या बढदै जानथालेपछि मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा साउन १० देखि १३ गतेसम्म १० हजार ८२७ नमुना संकलन गरेको जानकारी दिएको छ । त्यसमध्ये करिव ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्राण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved