मंगलबार २५९ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 04:25:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । २४ घण्टामा ७ हजार ६८७ स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म १५ हजार २६ जना उपचार पश्चात निको भएका छन् । संक्रमितमध्ये ५८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved