बुधबार ३८१ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 04:26:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । २४ घण्टामा ६ हजार ३५९ स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म १५ हजार १५६ जना उपचार पश्चात निको भएका छन् । आज मात्रै १३० जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १८४ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved