लकडाउनमा ४ प्रतिशत उद्योग मात्र चले, साना उद्योग बढी प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 08:26:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमण फैलन नदिन गरिएको चार महिना लामो लकडाउनको अवधिमा चार प्रतिशत उद्योग मात्र पूर्ण रुपमा सञ्चालन गरिएको पाइएको छ । 

कोभिड पछिको असरबारे नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले बन्दाबन्दी अबधिमा ४ प्रतिशत उद्योग पूर्ण रुपमा र ३५ प्रतिशत उद्योग आशिंक रुपमा सञ्चालन भएको देखाएको हो ।

यसैगरी चार महिनाको अबधिमा ६१ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द रहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार अन्य क्षेत्रको तुलनामा कृषि, वन तथा मस्त्यपालन, सञ्चार र स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रका धेरै उद्योग तथा व्यवसायहरु पूर्णरुपमा सञ्चालनमा रहेका थिए । स्वास्थ्य तथा सामाजिक कार्य, खानी तथा उत्खनन, उत्पादनमूलक उद्योग, विद्युत, ग्यास तथा पानी, कृषि वन तथा मत्स्यपालन क्षेत्रका आधाभन्दा बढी उद्योग तथा व्यवसाय आंशिकरुपमा सञ्चालनमा रहेका थिए । यसैगरी सो अवधिमा शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यवसायिक क्रियाकलापहरु, यातायात तथा भण्डारण क्षेत्रका अधिकांश उद्योगहरु सञ्चालनमा नरहेको प्रतिवेदनमा उल्लेख छ । 

बन्दाबन्दी अवधिमा ठूला तथा मझौला उद्योग÷व्यवसायको तुलनामा घरेलु लघु तथा साना खुद्रा उद्योगहरु बढी प्रभावित रहेको अध्ययन प्रतिवेदनले देखाएको छ। 

सामान्य अवस्थामा ९६ दशमलव ७ प्रतिशत कारोबार गर्दै आएका उद्योगहरुको बन्दाबन्दीको अबधिमा ७३ दशमलव ८ प्रतिशत उत्पादन कारोबार घटेको। जसमा शून्य दशमलव ९ प्रतिशत उद्योगको उत्पादन कारोबार १५ दशमलव ४ प्रतिशत बढेको छ भने २.४ प्रतिशतले उत्पादन कारोबार यथास्थितिमा रहेको प्रतिवेदनमा उल्लेख छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved