प्रदेशमन्त्री यादवलाई कोरोना पुष्टि, प्रधानमन्त्रीसँगको बैठकमा थिए सहभागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 10:56:12 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना पुष्टि भएको छ । मन्त्री यादवसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । 

बुधबार राति आएको रिपोर्टमा उनीहरुलाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका मन्त्री यादव हालै काठमाडौंबाट फर्किएका थिए । काठमाडौँमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी बैठकमा भाग लिएका थिए ।

गत शुक्रबार प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा उनी सहभागी भएका हुन्। सोहि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायत सहभागी थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved