सिभिल मलका सबै पसलको सामान ग्यापु डटकममा पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 01:06:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल मलका सबै पसलको सामान ग्यापु डटकममा पाइने भएको छ । लकडाउनको समयमा सेवा शुरु गरेको नेपाली ई कमर्स कम्पनी ग्यापु मार्केटप्लेस (ग्यापु डटकम) र सिभिल मलका सबै पसलका सामान ग्राहकहरुलाई घरमै निस्शुल्क डेलिभरी गर्ने गरी सम्झौता भएको छ । 

सम्झौतापत्रमा ग्यापु डटकमका तर्फबाट संस्थापक एवम् सिइओ ज्ञानेन्द्र खड्का र सिभिल मलका तर्फबाट सिनियर मार्केटिङ म्यानेजर अमिर ठकुरीले हस्ताक्षर सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार सिभिल मल ग्यापु डटकमको वेसाइटमा भेन्डरको रुपमा समेटिएको छ । सिभिल मलका १ सय ५० वटा पसलमा चार लाख भन्दा बढी सामान उपलब्ध छन्। ग्राहकले ग्यापुको वेबसाईट (gyapu.comवा मोबाइल एप प्रयोग गरि आवश्यक सामान अर्डर गर्न सक्नेछन् ।

ग्यापुको सेल्स सपोर्ट टिमको छुट्टै अफिस नै सिभिल मलमा राखिने छ, जसले समयमै सामान डेलिभरी, फिर्ता र  साटफेरका लागि ग्राहकलाई सहज बनाउने छ । यसका लागी सिभिल मलले ग्यापुलाई कार्यलयको लागि ठाउँ उपलब्ध गराएको छ । 

अनलाइनमा अर्डर आउनासाथ भौगोलिक दुरि हेरि केहि घन्टा देखी चौबीस घण्टा भित्र डेलिभरी गरिने ग्यापु डटकमका निर्देशक एवम् सिइओ ज्ञानेन्द्र खड्काले बताए। काठमाडौ उपत्यका सँगै काभ्रेपलान्चोकको बनेपा सम्म डेलिभरी गरिने खड्काले जानकारी दिए ।

ग्राहकले डेलिभरी पूर्व ई(सेवाबाट पैसा तिरी क्यासब्याक समेत लिन सक्नेछन् । ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्डहरू, आईएमई पे, फोने पे, कनेक्ट आइपिएस, प्रभु पे मार्फत बिल तिर्न सक्छन् भने डेलिभरिको समयमा नगद समेत दिन सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved