लामो दूरीका सवारी र विद्यालय तत्काल नखुल्ने संकेत

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 06, 2020 | 04:54:59 PM मा प्रकाशित

nj

सरकारले अन्तराष्ट्रिय हवाइ उडान, लामो दूरीका सार्वजनिक सवारी र शैक्षिक संस्था खोल्न नसकिने संकेत गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले तत्कालै विद्यालय, सवारी साधन र हवाइ उडान खोल्न नसकिने संकेत देखिएको बताएका हुन् ।

‘भदौ १ गतेबाट अन्तराष्ट्रिय हवाइ उडान, लामो दूरीका सवारी साधन र विद्यालय खोल्न नसकिने हो की भन्ने संकेत देखिएको छ’ अर्थमन्त्री डा. खतिवडाले भने, ‘यसबारे सीसीएमसीको बैठक बसेर आवश्यक निर्णय गर्नेछ ।’ 

‘लामो दूरीका सवारी र हवाइ उडान सुचारु नगरौँ भन्ने सुझाव आएका छन्’ उनले भने, ‘न्युनतम् मान्यता पालना गराएर सुचारु नगरे आर्थिक रुपमा श्वास फेर्नै गाह्रो हुन्छ भन्ने सुझाव पनि आएका छन् ।’ 

उनले चैत्र ११ गतेदेखि असार २६ गतेसम्मको जस्तो लकडाउन गर्नेबारे सरकारले अहिले नै सोचिनसकेको पनि प्रष्ट पारे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved