बजार अनुगमन गर्न वाणिज्य विभागले खटायो ६ समूह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 05:39:08 PM मा प्रकाशित

laxmi  sunrise bank

दैनिक दुई देखि तीन समूहमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनलाई तिव्रता दिएको छ । कोभिड संक्रमणको जोखिम तथा चाडपर्वको पूर्वशन्ध्यामा बजार अनुगमनलाई तिव्रता दिनका लागि नयाँ कर्मचारी थप गरेर बजार अनुगमन सुरु गरेको छ । कर्मचारी अभावमा दैनिक तीन समूह बनाएर बजार अनुगमन गर्दै आएको बिभागले बिहीबार ६ समूहबाट बजार अनुगमन गरेको छ । 

थप भएका कर्मचारीको प्रयोग गरेर बिहीबार तीन जिल्लाका मुख्य स्थानमा अनुगमन गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार विभागका अन्य शाखाका रहेका कर्मचारीबाट बजार अनुगमान गर्दै आएकोमा अनुगमनका लागि कर्मचारी थप गरिएको हो । 

बिहीबार १९ फर्मको अनुगमन गर्दा अनैतिक व्यापारिक कारोबार गर्ने ६ फर्मलाई कारवाही स्वरुप जरिवाना गरिएको छ । उनका अनुसार कारवाहीबाट दुई लाख ९५ हजार राजश्व संकलन भएको छ ।  

जोखिम मोलेरै अनुगमन

बजार अनुगमनमा सहयोगका लागि प्रहरी नहुदा विभागका कर्मचारीहरु जोखिम मोलेर नै अनुगमन गर्न बाध्य भएका छन् । बजार अनुगमनमा सहयोगका लागि दिईएको प्रहरी फिर्ता भएपछि बिना प्रहरी अनुगमनमा जादा धेरै स्थानमा कर्मचारीलाई लक्षीत गरि प्रहार हुने गरेको सूचना अधिकारी आचार्य बताउँछन् । उनका अनुसार कर्मचारीलाई देखेर प्रहार गरी गल्ती गरेका प्रमाणहरु नष्ट गर्ने गरिएको छ । विभागका अनुसार अनुगमनमा जादा सुरक्षाका लागि डेडिकेटेट प्रहरीको माग गरिएको छ । 

उद्योग, खानी र नापतौल गरी तीन वटा विभाग तथा मन्त्रालयको चार चार गरी २० जनाको पाँच टोली विभागमा पठाइएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved