बिहीबार एक हजार २ सय नेपाली स्वदेश फर्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 09:12:26 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न मुलुकमा अलपत्र एक हजार २९८ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु बिहीबार भएका एक दर्जन उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अुनसार आज ९ आवागमन तथा ८ प्रस्थान दुबै गरी १२ अन्तराष्ट्रिय चार्टर्ड उडान भएको थियाे । जसमा हिमालय एयरलाइन्सले दमामबाट १५४, दोहाबाट १ सय ५७, नेपाल एयरलाइन्सले रियादबाट २५९, दमामबाट १ सय ४४ जना नेपालीलाई काठमाडौं ल्याएको हो । 

मालिन्दो एयरले क्वालालाम्पुरबाट १७८, एयर अरेवियाले सारजहाबाट १६८ र दोस्रो उडान मार्फत १ सय ६६, फ्लाइ दुबैले दुबैबाट १६४, टर्किस एयरलाइन्सले इस्तानबुलबाट ७६ जना यात्रु काठमाडौं आएका छन् । 

बिहीबार नेपाल एयरलाइन्सका दुई जहाज दुबई र रियाद र हिमालयको एक जहाज दामनका लागि उडान गरेका छन् । उक्त तीनै जहाज शुक्रबार स्वदेश फर्कने विमानस्थल कार्यालयले जनाएको छ । 

बिहीबार नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार आन्तरिक उडान भएका छन् । समिट एयरको एक विमान काठमाडौंबाट रामेछाप पुगेर लुक्लाका लागि उडान गरेको थियो भने अर्काे विमानले फाप्लु उडान गरेको हो । यसैगरी सिम्रिक हेली चन्द्रगढी उडेको छ ।

शुक्रबार १४ उडान

शुक्रबार १४ अन्तराष्ट्रिय चार्टर्ड उडानका लागि विभिन्न एयरलाइन्स कम्पनीले उडान अनुमति लिएको विमानस्थल कार्यालयले जनाएको छ । शुक्रबार नेपाल एयरलाइन्सले दुई आवागमन तथा दुई प्रस्थान उडान गर्नेछन् भने हिमालय एयरलाइन्सको एक आवागमन तथा तीन प्रस्थान उडान हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved