शुक्रबार काठमाडौँमा १०६ जना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 04:33:02 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार काठमाडौँ उपत्यकाका १०६ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ९२ जना, ललितपुरका १० र भक्तपुरका ४ जनामा कोरोना देखिएको हो । 

यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या ८७६ जना पुगेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमित बढ्दै गएका छन् । यसअघि बिहीबार पनि उपत्यकाका ८७ जनामा कोरोना देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ७० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved