उपत्यकामा आवतजावतमा कडाई, ३ जिल्लाका सीडीओको बैठकले गर्‍यो यस्तो निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 04:45:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ गरिने भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको संयुक्त छलफलले मानिसका गतिविधि र आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अपनाउन सकिने उपायबारे छलफल भएको र मानवीय आवतजावतमा कडाइ गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिजपाटीलाई बताए । 

संक्रमितको संख्या बढी भएका क्षेत्र सिल गर्ने, अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने, सपिङ मल र व्यापारिक केन्द्रमा स्वास्थ्य प्रोटोकल पालना नभए बन्द गर्ने निर्णय भएको सीडीओ दाहालले जानकारी दिए ।

छलफलमा काठमाडौंका प्रजिअ दाहाल, भक्तपुरकी प्रजिअ हुमकला पाण्डे र ललितपुरका प्रजिअ नारायण भट्ट सहभागी थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved