बंगलादेशी राजदूत साम्सले गरिन् अर्थ मन्त्रीसँग बिदाई भेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 05:34:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सबीच आज  भेटवार्ता भएको छ । आफ्नो ७ वर्षे कार्यकाल पुरा गरी बंगलादेश फर्कन लागेका राजदूतले अर्थमन्त्रीसँग बिदाई भेट गरेकी हुन् । 

भेटमा अर्थमन्त्रीले नेपाल र बंगलादेशबीच ५ दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार, उर्जा र लगानीका विविध क्षेत्रमा दुवै देशबीच सहकार्य भैरहेको धारणा राखे । उनले दुवै देश प्राकृतिक, मानव संशाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने बताए ,

अर्थमन्त्री खतिवडाले नेपाल र बंगलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्दै अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले सहकार्य हुनसक्ने क्षेत्रमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे बताए । दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाईसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको भन्दै उनले सार्कको माध्यमबाट क्षेत्रीय सहयोग तिव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बंगलादेश र भुटान बीचको उपक्षेत्रीय इकाई महत्वपूर्ण हुन सक्ने बताए । 

बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै अर्थमन्त्री खतिवडाले नेपालले पनि धेरै विषयहरुलाई आत्मसाथ गरी आर्थिक विकासको गति अघि बढाईरहेको दाबी गरे । अर्थमन्त्रीले कोभिड– १९ ले ल्याएको चुनौति र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न आव्हान गरे । 

भेटमा राजदुत साम्सले बंगलादेश नेपालसित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा संगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । दुई देशबीच व्यापार, उर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्दै उनले व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताईन् । वातावरणीय संवेदनशिलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा सम्बाद जस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै राजदूत साम्सले नेपाल बंगलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा राखिन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved