नीजि अस्पताललाई आइसोलेशन सेन्टर बनाउने प्रशासनको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 07:18:24 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नीजि अस्पताललाई आइसोलेशन सेन्टर बनाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । प्रशासनले आज गृहलाई पत्र लेख्दै काठमाडौंमा रहेका निजी अस्पतालहरूलाई आइसोलेशन सेन्टरका रुपमा रूपान्तरण गर्न अनुरोध गरेको हो ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपूर र ललितपूरका प्रमुख जिल्ला अधिकारीहरूको आजको संयुक्त छलफलपछि काठमाडौंका प्रुमख जिल्ला अधिकारी जनकराज दाहालले निजी स्वास्थ्य संस्थालाई कोरोना भाइरसका बिरामी राख्ने आइसोलेशन सेन्टर बनाउन गृह मन्त्रालयमा प्रस्ताव पठाएका हुन् । 

‘गृहमार्फत् कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा हामीले यो सिफारिस गरेका हौँ’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘योसँगै स्थानीय तहहरुले बनाएका क्वारेन्टिनहरुलाई पनि आइसोलेसन सेन्टर बनाउन प्रस्ताव पठाएका छौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved