कोरोनाका कारण थप २ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 04:54:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाका १९ का ६२ वर्षीय एक बृद्ध र पर्साको वीरगञ्ज महानगरपालिका २ का २० वर्षीया महिला रहेका छन् । 

यससंगै नेपाललमा यो भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ । 

पोखराका ६२ बर्षीय बृद्धाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार राति ११ः३५ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनी मधुमेहको विरामी समेत रहेको जनाइएको छ । त्यस्तै शनिबार नै मृत्यु भएकी वीरगञ्जकी २० वर्षीय महिलाको मृत्यु पश्चात स्वाब परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उपचारका लागि उनलाई नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुर्याउदा अस्पतालले मृत घोषित गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved