लगानी बोर्डमा भट्टको नियुक्त बदर गर्न माग गर्दै रिट दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 04:58:03 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्डमा गरिएको नियुक्ति बिरुद्द मुद्दा दायर भएको छ । बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति कानुनसम्मत नभएको जिकिर गर्दै नियुक्ति  बदर गर्न माग गर्दै पाटन उच्च अदालतमा रिट दायर भएको हो।

अधिवक्ता जयबहादुर भुजेलले विभिन्न परियोजनाहरु बीचैमा अलपत्र र जोखिममा पार्ने कार्यमा संलग्न व्यक्तिलाई लगानी बोर्डको सीईओ नियुक्त गर्नु गैरकानुनी रहेको जिकिर गर्दै रिट दायर गरेका हुन् । उनले उक्त नियुक्ति सार्वजनिक निजी साझेदारी लगानी ऐन २०७५ को मक्सद एवं भावना विपरीत भएको प्रष्ट भएकोले यसलाई बदर गर्न माग गरेका छन् 

अधिवक्ता भुजेलले नियुक्ति समबन्धि निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । निवेदनमा नेपाल सरकार, मन्त्रिपरिषद्, लगानी बोर्ड, लगानी कोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सिफारिस समिति र सुशील भट्टलाई प्रतिवादी बनाइएको छ । 

मुद्दाको प्रारम्भिक सुनुवाईका लागि सोमबार बिहान १० बजेको लागि पेशी तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved