कोरोनाका कारण काठमाडौँका २ सहित थप चार जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 04:57:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणका कारण गएको २४ घण्टामा काठमाडौँमा २ सहित चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा बाँकेकी ७० वर्षिया महिला, पर्साकी ४५ वर्षिया महिला, काठमाडौंका ७६ वर्षिया पुरुष र काठमाडौंका ६४ वर्षिया पुरुषको मृत्यु भएको हो ।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।   

मन्त्रालयका अनुसार बाँकेक कोहलपुर नगरपालिका २ बस्‍ने ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ गते  निधन भएको छ भने पर्साको बेदियानी गाउँपालिका १५ बस्‍ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी कोभिड अस्थायी अस्पतालमा निधन भएको हो ।

त्यसैगरी काठमाडौं महानगरपालिका मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको साउन २६ गते निधन भएको मन्त्रालयले जानकारी दिएको छ । उनको मेडिकेयर अस्पतालमा निधन भएको हो । त्यसैगरी काठमाडौंको कीर्तिपुर नगरपालिका ट्यांलाफाँटका ७७ वर्षीय पुरुषको साउन २६ गते निधन भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved