कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य सामाग्री वितरण

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 11, 2020 | 12:21:56 PM मा प्रकाशित

tansen cement

कतार च्यारिटी र इस्लामिक रिलिफले कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका छन्।  दुवै गैह्र सरकारी संस्था मिलेर तराईका ४ जिल्लाका ८० क्वारेन्टाइन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाई कार्यक्रम गरेका हुन्। 

बिशेषगरि भारतबाट आएका नेपालीहरुलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २० २० वाट क्वारेन्टाइनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए। 

च्यारिटिका प्रबन्धक शेखकाअनुसार च्यारिटी र इस्लामिक रिलिफ मिलेर आप्रवासीका लागि कोभिड प्रतिरक्षा क्षमता सुध्रिकरण कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको हो। 

उक्त कार्यक्रम अन्तर्गत ८० वटा क्वारेन्टाइनमा अस्थायी भनीएपनि १० बर्षसम्म टिक्ने ८० वटा शौचालय, ह्यान्ड वाशिंङ्ग स्टेशन ९२ वटा, ८० वटा डीस इन्फेकट लिक्विड, क्वारेन्टाइन सेन्टरमा बसेका १० हजार ५५० जनालाई कोरोना रोकथाम स्वास्थ्य सामग्री, १ हजार महिलालाई डिग्निटी किट वितरण गरिएको छ।