कोरोनाका कारण पूर्व मेयर गिरीको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 11:48:17 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणका कारण पूर्व मेयरको निधन भएको छ । कोरोनाका कारण जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको मृत्यु भएको हो ।

पछिल्लो तीन सातादेखि काठमाडौंस्थित मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार  गराइरहेका  गिरीको मंगलबार राति १२ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारकालागि हेलिप्टर चार्टर गरेर राजधानी ल्याइएको थियो । ७२ वर्षीय गिरीलाई उपचारकालागि अस्पताल भर्ना गरीएपछि कोरोना संक्रमण देखिएको जनाइएको छ । 

जनकपुरधामको मिल्स एरियास्थित होटल रामाका सन्चालकसमेत रहेका गिरी २०४२ सालदेखि ४ बर्षसम्म जनकपुरको मेयर बनेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved