चार अर्बको खाद्यान्न किन्दै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 09:21:23 PM मा प्रकाशित

laxmi  sunrise bank

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ का लागि चार अर्ब बराबरको खाद्यान्न खरिद गर्ने तयारी गरेको छ । बुधबार प्रथम वार्षिकोत्सवको अबसरमा आयोजिक कार्यक्रममा कम्पनीले चालु आवमा ४ अर्बबढीको खाद्यान्न खरिद गर्ने योजना रहेको घोषणा गरेको हो । 

गत वर्षको योजना अनुसार खाद्यान्न खरिदका लागि कोरोना भाइरस बाधक बनेको भन्दै चालु आबमा योजना अनुसार खरिद गर्ने तयारी भएको कम्पनीले जनाएको छ । चालु आवका लागि एक लाख मेट्रिक टन खाद्यान्न किन्ने योजना रहेको  कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन् । 

उनका अनुसार साठी हजार मेट्रिकटन धान, २५ हजार मेट्रिकटन चामल, पाँच हजार मेट्रिकटन गहुँ, दुई सय मेट्रिकटन कर्णलीको सिमी र बीस मेट्रिकटन भटमास खरिद गर्ने योजना छ । यसैगरी ५० मेट्रिकटन मासको दाल, एकसय मेट्रिक टन मुसुरो तथा रहरको दाल, दश हजार लिटर सनफावर तेल तथा दश लाख लिटर तोरीको तेल, दशैंलाई लक्षित गरी करीब एक हजार छ सय खसीबोका, एक हजार चार सय च्याङ्गा तथा छ हजार ईन्डक्सन चुलो खरिद गरिनेछ् । 

बन्दाबन्दीका कारण कम्पनीसँग मौज्दातमा रहेको खाद्यान्न सकिनथालेपछि राष्ट्रिय सुरक्षा भण्डारण कोषमा असर गरेको भन्दै एक लाख मेट्रिकटन खाद्यान्न राक्ने तयारी गरेको छ । यसअघिसम्म उक्त कोषमा २५ हजार मेट्रिकटन मात्र खाद्यान्नको मौज्दात राखिएकोमा चालु आवदेखि कम्पनीका सातै प्रदेशीक कार्यालयमा तीस÷तीस हजार तथा केन्द्रमा एक लाख मेट्रिकटन मौज्दात राखिने भएको छ । 

कम्पनीले बन्दाबन्दीको समयमा समस्यामा परेको उपभोक्तालाई ध्यानमा राख्दै गत चैतदेखि काठमाडौँ उपत्यकामा तथा असारदेखि सुर्खेतमा मोवाइल भ्यान मार्फत अनलाईन होम डेलिभरि सेवा सञ्चालन गरेको छ । 

कम्पनीको मूल्यभन्दा १० प्रतिशत सम्म छुट्मा कम्पनीले विभिन्न अनलाईन कम्पनीसँग सहकार्य गरेर निशुल्क रुपमा होमडेलिभरी (डेलिभरी चार्ज नलिई) गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved