व्यवसायी र कर्मचारीलाई आफ्नै खर्चमा कोरोना परिक्षण गर्न सरकारको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 11:25:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले व्यवसायी तथा कर्मचारीहरुलाई आफ्नै खर्चमा पीसीआर अनिवार्य परीक्षण गराउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक बिज्ञप्ती मार्फत यस्तो आग्रह गरेको हो। 

मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा कोभिड १९ को संक्रमण बढेकोले सपिङ मल, रेस्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा संलग्न हुने व्यक्तिले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने उल्लेख गरिएको छ। 

घनाबस्ती भएका जिल्लाहरुका विभिन्न सहरमा कोभिड १९ को संक्रमण बढिरहेकोले सपिङ मल, रेस्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने बिज्ञप्तीमा उल्लेख छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved