बिहीबार काठमाडौँ उपत्यकाका १२७ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 04:28:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार  काठमाडौँ उपत्यकाका १२७ जनामा कोरोना पुष्टि भएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या १५ सय ७२ जना पुगेको छ ।

उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका १११ जना,  ललितपुरका ११  र भक्तपुरका ५  जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय उपत्यकामा कोरोना सक्रमित बढ्दै गएका छन् । हिजो मात्रै उपत्यकाका १३७ जनामा कोरोना देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved