कोरोनाका कारण मृत्यु हुनेको संख्या १०० नजिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 04:55:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ । जसमध्ये ४ जनाको पछिल्लो २४ घण्टाभित्र मृत्यु भएको हो ।

पछिल्लो समय संक्रमित बढ्दै जादा मृत्युहुनेको संख्या पनि ह्वात्तै बढेको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ७३ जना पुरुष र २२ जना महिलाको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा महोत्तरीका ४५ वर्षिया पुरुष, धनुषाकी ८५ वर्षिया बृद्धा, अछामका १८ वर्षिय पुरुष र मोरङ ५७ वर्षिया पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved