गुणस्तरहीन वस्तु प्रयाेग गर्ने पार्टी प्यालेस कारबाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 08:29:56 PM मा प्रकाशित

laxmi  sunrise bank

उपभोक्ताको स्वास्थ्यमा असर गर्ने गरी न्यून गुणस्तरीय सामान प्रयोग गरेको भन्दै एक पार्टी प्यालेसलाई कारवाही गरिएको छ । बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको भेटिएपछि अल्फा हाउस एण्ड बैक्यटलाई कारवाही स्वरुप तीन लाख जरिवाना गरेको हो । 

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार बिहीबारको अनुगमनमा पार्टी प्यालेस बाहेक अन्य मास्क तथा पानी उद्योगलाई जरिवाना गरिएको छ । भक्तपुर सूर्यविनायमा रहेको इन्डो नेपाल फुड एण्ड वेभरेज नामक पानी उद्योगलाई अनुचित व्यापारिक कारोबार गरेको भन्दै कारवाही स्वरुप एक लाख जरिवाना गरिएको छ । 

व्यवसाय दर्ता तथा इजाजत बिना नै मास्क पसल सञ्चालन गरिएको भन्दै काठमाडौँ ३२ मा सञ्चालित तीन पसललाई कारवाही स्वरुप जरिवाना गरिएको छ । जसमा सरिता चौधरी, शंकर गुप्ता तथा लक्ष्मण काजी थापालाई कारवाही स्वरुप ५०÷५० हजार जरिवना गरिएको हो । बिहीबार बजार अनुगमनका क्रममा ५ पसललाई कारवाही गरी पाच लाख पचास हजार राजश्व संकलन भएको विभागले जनाएको छ । 

पछिल्लो समय विभागले थप अनुगमन अधिकृतको व्यवस्था गरेर दैनिक ५ टोलीले उपत्यकाका विभिन्न स्थानमा बजार अनुगमनलाई तिव्रता दिएको छ । चाडपर्व नजिकिदै गर्दा बजारमा अनौतिक कारोबार हुँने भन्दै विभागले बजार अनुगमलाई प्राथमिकतामा राखेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved