काठमाडौँ उपत्यकामा ११९ जना संक्रमित थपिए

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 14, 2020 | 04:29:05 PM मा प्रकाशित

tansen cement

शुक्रबार  काठमाडौँ उपत्यकाका ११९ जनामा कोरोना पुष्टि भएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या १६ सय ९१ जना पुगेको छ ।

उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ८३ जना,  ललितपुरका ३० र भक्तपुरका ६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय उपत्यकामा कोरोना सक्रमित बढ्दै गएका छन् । हिजो मात्रै उपत्यकाका १२७ जनामा कोरोना देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ९९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved