कोरोनाका कारण थप ४ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 04:53:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमणबाट शुक्रबार थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विराटनगर, सिराह तथा बारामा संक्रमितको मृत्यु भएको हो । 

मृत्यु हुनेमा संक्रमणबाट मोरङको विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुष, सिराहको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुष,  बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका–४ सिमरा टोलका ५० वर्षीय पुरुष र बाराकै प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको हो । 

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  कोरोना संक्रमणबाट शुक्रबार थप भएका चार सहित ९९ जनाको मृत्यु भएको जनाएका हुन् । 

पछिल्लो समया नेपालमा कोरोना संक्रमितको संख्या बढदै गएको छ । आजै मात्र देशभरका  ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved