शनिबारदेखि काठमाडौँमा कडाई, यी १० कार्य गर्न नपाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 07:40:32 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिवारदेखि काठमाण्डौमा विभिन्न क्रियाकलापहरु गर्न रोक लगाइएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकालागि जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा विभिन्न गतिविधिहरु गर्न निषेध गरेको हो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जनकराज दाहालले विभिन्न क्रियाकलापहरु रोक्न आदेश दिएका हुन् । यस सँगै अब काठमाडौँमा निम्न कार्य गर्न पाइने छैन:

  • खुल्ला स्थानमा मानिसहरु भेला/जम्मा हुन, भीडभाड गर्न, सभा/जुलुस गर्न,
  • भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न,
  • दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु,
  • उद्योग व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु,
  • चाडपर्व लगायतका धार्मिक, सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु,
  • शैक्षिक संस्थाहरु सञ्चालन गर्न,
  • सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न,
  • फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा/साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न,
  • उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक/कामदारको ओसार पसार गर्न,
  • टेक अवे बाहेक होटल/रेस्टुरेन्ट सञ्चालन गर्न।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved