निजी अस्पताललाई २० प्रतिशत कोभिड बेड छुट्याउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 08:50:33 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको संक्रमण बढ्दा उपचारमा  समस्या भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई २० प्रतिशत बेड खाली राख्न आग्रह गरेको छ । शुक्रबार मन्त्रालय अन्तरगतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले एक सूचना जारी गर्दै कोरोना अस्पतालमा बेड अभाव भएको भन्दै निजी अस्पताललाई २० प्रतिशत बेड कोभिड व्यवस्थापनको लागि राख्न आग्रह गरेको हो । 

कुनै पनी अस्पतालमा भर्ना भएका बिरामी कोभिड १९ पोजेटिभ भएपछि मन्त्रालयबाट निर्देशन नलिई कोभिड अस्पतालमा रिफर गरिएको थियो । तर कोभिड अस्पतालमा राख्न समस्या भएको हुँदा कुनै पनि अस्पतालमा भर्ना भएका विरामीहरुको रिपोट पोजेटिभ आएपछि कोरोना अस्पतालको समन्वयमा मन्त्रालयबाट निर्देशन लिएर उपचार गराउनुहुन अनुरोध गरिएको छ । उक्त विज्ञप्तीमा भनिएको छ, उपत्यका भित्रका जुनसुकै अस्पतालमा रिफर गर्नुपर्ने भएमा कोरोना अस्पतालको समन्वय तथा मन्त्रालयको निर्देशन लिएर मात्र पठाउन अनुरोध छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved