शनिबार काठमाडौँ उपत्यकामा ९८ जना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2020 | 04:31:38 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार काठमाडौँ उपत्यकाका ९८ जनामा कोरोना पुष्टि भएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या १७ सय ८९ जना पुगेको छ ।

उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ८० जना,  ललितपुरका ९ र भक्तपुरका ९  जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय उपत्यकामा कोरोना सक्रमित बढ्दै गएका छन् । हिजो मात्रै उपत्यकाका ११९ जनामा कोरोना देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म १०२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved