उद्दार उडान फेरी सुरु गर्ने सरकारको निर्णय, मापदण्ड तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 10:56:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशबाट नेपाल फर्कन चाहनेहरुको लागि उद्दार उडान पुन: संचालन गर्ने निर्णय गरेको छ  बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले चार्टर तथा उद्धार उडान पुन: गर्ने निर्णय गरेको छ। 

सरकारले एकदिनमा बढीमा तीनवटा उडान मार्फत विदेशमा रहेका नेपालीलाई ल्याउने निर्णय गरेको हो । उनीहरु सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बसेपछि कोरोना नरहेको पुष्टि भएपछि मात्र घर जान पाउनेछन् ।

बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ । जस अनुसार अब हवाई मार्गबाट आउनेहरुले नेपाल आएपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नु पर्ने छ। विदेशबाट आउनु अगाडी नै कुन होटेलमा बस्ने हो, यात्रु आफैले तय गर्नु पर्ने छ । होटलमा बस्दाको सबै खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ । यसको लागि सरकारले होटेलको सुची निष्काशन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved