डिशहोमको 'द स्ट्रीङ्ग शो'को दोस्रो राउण्डका लागि १० जना छनौट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 06:02:23 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले सुरु गरेको डिजिटल रेट्रो ईङलिस सांगीतिक प्रतियोगिता द स्ट्रीङ्गको दोस्रो राउण्ड सुरु भएको छ । पहिलो राउण्डमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाएका मध्ये १० जना उत्कृष्ट प्रतिस्पर्धी २०७७ भाद्र ६ गते छनौट भएका छन् । सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईरालाले उत्कृष्ट १० जना छनौट गरेका हुन् । 

छनौट भएका प्रतिस्पर्धीहरु क्रमशः दर्पन निरौला, शिभाना श्रेष्ठ, युरिका श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, म्रिनल मानन्धर, सदिक्षा पोख्रेल, रिया श्रेष्ठ, सम्राट पोख्रेल र योगेन राई रहेका छन् । दोस्रो चरणमा पुगेका प्रतिस्पर्धी बिचको सांगीतिक प्रतियोगीता अब झन उत्साहजनक र रोचक हुने कम्पनीले जनाएको छ । तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुनकालागी प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु पर्ने हुन्छ ।

तीन राउण्डमा संचालन हुने यो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए ।

उक्त प्रतियोगीतामा सहभागी हुन ईच्छुक तर कारणवस सहभागीता जनाउन नससेकाहरुका लगि भने विभिन्न समयमा डिशहोमले संचालन गर्ने क्वीज, गेमहरु मार्फत डिशहोमसंग जोडिन सक्ने कम्पनीले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved