जगदम्बाको फलामे डन्डी सबै परीक्षणमा ‘फेल’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2020 | 03:59:13 PM मा प्रकाशित

laxmi  sunrise bank

डण्डी भाँचिएको विषयले विवादित बनेको जगदम्बा स्टिल परिक्षणमा पनि कैफियत पाइएको छ। शंकर ग्रुपद्वारा प्रवर्दित जगदम्बा स्टिलको विवादित १६ एमएमका फलामे रडमा  कैफियत भेटिएको हो। 

परिक्षणको क्रममा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेको भेटिएको नापतौल तथा गुणस्तर विभागले जनाएको छ। सबै खालका परीक्षणमा खराबी देखिएपछि विभागले जगदम्बासँग स्पष्टिकरण सोध्ने तयारी थालेको छ। 

चित्तबुझ्दो स्पष्टिकरण नआए उसको गुणस्तर रद्द गरिने विभागले जनाएको छ। काठमाडौंका एक ग्राहकले घर बनाउँदा प्रयोग गरेका जगदम्बाका डण्डी भाँचिएपछि गुणस्तर परीक्षणका लागि विभागमा निवेदन दिएका थिए।

बनस्थलीस्थित खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले दिएको निबेदनको आधारमा बिभागले परिक्षण गर्दा जगदम्बा स्टिलमा कैफियत भेटिएको हो। पिडित भट्टराइले आफुले उचित न्याय पाउनुपर्ने भन्दै बिभिन्न सरकारी निकायमा जगदम्बा स्टिल बिरुद्ध उजुरी दिएका छन्। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved