आफ्नो जन्मदिनमा मन्त्री भट्टराईद्वारा मुस्कान खातुनलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 12:16:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । एसिड पिडित बालिका खातुनलाई मन्त्री भट्टराईले आफ्नो जन्मदिनको अवसरमा ५० हजार रुपैयाँ नगद सहयोग गरेका हुन् । 

गत वर्षको भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार भईरहेको छ । कक्षा ९ मा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर आफूले थोरै भएपनि सहयोग गरेको मन्त्री भट्टराईले बताएका छन् ।

२०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पिडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन् । २०७२ को भूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गरेका मन्त्री भट्टराइले २०७३ सालको जन्मदिनमा बाबु आमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बेसका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पढनपाठनको व्यवस्था मिलाएका थिए । 

२०७४ को जन्मदिनमा मुटुको दुवै भल्भ फेर्नुपर्ने समस्याबाट पिडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गरेका उाले २०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्च स्वरुप नगद सहयोग गरेका थिए । गत वर्षको जन्मदिनमा मन्त्री भट्टराईले पढाइ लेखाईमा अप्ठेरोमा परेका दृष्टिविहिन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved