राष्ट्रपतिसँग परिसंघका पदाधिकारुको भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 05:57:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले भटघाट गरेका छन् । पदाधिकारीहरुले शनिबार राष्ट्रपति भण्डारीसंग राष्ट्रपति भवन शितल निवासमा भेटघाट गरेको हो । 

भेटमा विशेषगरी विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायहरुले भोग्नु परेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित रहेको जनाएको छ । परिसंघका पधाधिकारीहरुले राष्ट्रपति समक्ष कोभिडको महामारीबाट जोगिनको लागि लकडाउन वा निषेधाज्ञाजस्ता व्यवस्थाहरु अवलम्बन गरी संक्रमण रोकथामको प्रयास गर्नु भन्दा कर्मचारीहरु र कामदारको मनोवल उच्च बनाई सुरक्षा उपायहरु अवलम्बन गरी कोभिडको साथमानै उद्योग व्यवसाय तथा बजारहरु सञ्चालन गर्नुपर्ने माग राष्ट्रपति समक्ष राखेको बताइएको छ ।

त्यसैगरी छलफलमा उद्योग प्रतिष्ठानहरुले राजश्व दाखिला गर्ने सम्बन्धमा सरकारलाई सधैं सहयोग गर्दै आइरहको परिसंघले  राष्ट्रपतिलाई अवगत गराएको जनाएको छ । छलफलमा उद्योग व्यवसायहरु पूर्ण सञ्चालनको माग गर्दै परिसंघका पधाधिकारीहरुले उद्योगमा कार्यरत कर्मचारी र मज्दुरहरुलाई सरकारले तोकेका सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्न लगाउने र कोभिडको सक्रमणबाट जोगाउनको लागि उद्योगी व्यवसायहरु प्रतिवद्ध रहेको जानकारी गराएका जनाइएको छ । 

परीसंघका अनुसार छलफलमा राष्ट्रपतिबाट उद्योगी व्यवसायीहरुको सुझावहरुलाई सकारात्मकरुपमा लिई त्यसको कार्यान्वयमा पनि सहयोग गर्ने धारणा व्यक्त गरेकी थिईन् । कार्याक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोरको नेतृत्वमा गएको टोलिमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरु क्रमशः अनुज अग्रवाल र निर्वाणा चौधरीको उपस्थिति थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved