आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिताका विजेता घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 10:36:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिता २०१९।०२० को त्कृष्ट ५ विजेताहरु घोषित भएका छन् । उत्कृष्ट ५ विजेताको घोषण भदौ २१ गते एशियन पेण्ट्स र ललितपुर महानगरपालिकाका प्रतिनिधिहरु तथा विद्यार्थीहरु र प्राध्यापकहरुको जूम एप मार्फत् भएको उपस्थितिमा गरिएको हो ।

कम्पनीका अनुसार प्रतियोगिताको विजेता आइओइ पूर्वाञ्चल क्याम्पसका शुभम् कार्की भएका छन् । उनले पुरस्कार स्वरुप एशियन पेण्ट्स तर्फबाट ७० हजार र महानगरपालिकाको तर्फबाट २५ हजार नगद रुपैयाँ पाउने छन् । यसैगरी आइओइ थापाथली क्याम्पसकी सुनिता गुरुङ्ग द्वितीय घोषित भएकी छिन् र उनले एशियन पेण्ट्सको तर्फबाट ४० हजार महानगरपालिकाको तर्फबाट २० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved