उद्योगमन्त्री भट्ट प्याज किन्न निस्किएपछि...

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 16, 2020 | 11:29:04 AM मा प्रकाशित

tansen cement

भारतले निर्यात रोकेको हल्लाको आधारमा प्याजको मूल्य बढेको गुनासो आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आफैँ बजार अनुगमनमा निस्किएका छन् । प्याज लगायत तरकारीमा कालोबजारी भएको जनगुनासो बढेपछि उपभोक्ताको रुपमा मन्त्री भट्ट काठमाडौँका पसल पसलमा पुगेका हुन् ।


उनले विभिन्न होलसेल तथा खुद्रा तरकारी बजारको अनुगमन गरेका छन् । उनी सुटुक्क कालिमाटी तरकारी बजारमा पनि पुगेका थिए ।

यसअघि भारतले प्याजको निर्यात रोकेको भन्दै मंगलबारबाट प्याजको भाउ बढ्न थालेको छ । प्याजको भाउ आज ११९ रुपैयाँ प्रतिकिलो तोकिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved