बिहिबारबाट पोखरा र जनकपुरमा देशदर्शनको पर्यटक बस

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 16, 2020 | 02:05:39 PM मा प्रकाशित

tansen cement

देशदर्शन बस सेवाले असोज १ गतेदेखि पर्यटक स्तरका बस मार्फत सेवा दिने भएकी छ । सरकारले लामो दुरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णयसंगै देशदर्शनले पनि दिन लागेको हो । 

कम्पनीले असोज १ गतेदेखी पोखरामा बिहान र जनकपुरमा रात्री बस सेवा सञ्चालनको तयारी गरेको हो । १५ वटा पर्यटक स्तरका बस रहेको उक्त कम्पनीले पर्यटन दिवसको दिनबाट अन्य गन्तव्यमा सेवा विस्तारको तयारी गरेको छ।   

कम्पनीका अध्यक्ष श्रीकान्त आचार्यका अनुसार पोखरा र जनकपुर जाने यात्रुहरुले कम्पनीकै मोवाइल एप्स तथा बस सेवाको एपबाट समेत टिकट काट्न सक्नेछन् । मोवाइलको प्ले स्टोरबाट देशदर्शन बस सेवाको एप्स डाउनलोड गरेर समेत टिकट काट्न सकिने उनले बताए । उनका अनुसार भोलीदेखि २ गन्तव्यमा जाने सबै बसलाई स्यानीटाइज गरेर यात्रुहरुलाई कम्पनीकै मास्क र ह्यान्ड स्यानीटाइजर उपलब्ध गराउने र सरकारले तोकेको कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सेवा प्रवाह गर्ने सम्पूर्ण तयारी पूरा भैसकेको छ । 

कम्पनीले पोखराका लागि ११ सय र जनकपुरका लागि १३ सय भाडादर तय गरेको छ । कम्पनीले बसका चालक तथा सहचालकलाई मास्क पन्जा र पीपिई दिईसकेको बताउँदै स्वास्थ्य सुरक्षा सम्बन्धी सामान्य तालिम समेत प्रदान दिईएको जनाएको छ । आवश्यक सबै तयारी पूरा गरेको भन्दै ढुक्क भएर यात्रा गर्न यात्रुहरुलाई अनुरोध गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved