लामो दूरीका बस चलाउन व्यवसायी र मजदूर तयार, आजै कार्यविधि आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 02:08:38 PM मा प्रकाशित

laxmi  sunrise bank

असोज १ गतेबाट लामो दूरीका सार्वजनिक सवारीका साधन चलाउन यातायात व्यवसायी तयार भएका छन् । व्यवसायी र मजदुरहरु बिहिबारबाट लामो दुरीमा सार्वजनिक यातायातका साधन चलाउन सहमत भएका हुन् ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालयका अधिकारीहरु, यातायात व्यवसायी, यातायात मजदुरबीच भएको छलफलपछि भोलीबाट बस चल्ने भएका हुन् । लामो दूरीका सार्वजनिक बस चलाउँदा पालना गर्नुपर्ने मापदण्डसहितको कार्यविधि आजै साँझसम्म सरकारले जारी सक्ने बताइएको छ । सरकारले बस चलाउने निर्णय गरेको हुनाले सकारले नै कार्यविधि तयार पारेर दिने आशमा आफूहरु कायैविधिको पर्खाइमा बसेको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । 

सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत बढी भाडा लिएर क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो । 

‘आज हामीले यातायातमन्त्री बसन्त नेम्वाङसँग पनि छलफल गरेका छौँ’ सिटौलाले भने, ‘भोलिबाटै बस चलाउन हामी तयार नै छौँ, भोली विश्वकर्मा पूजा पनि हो, यो हाम्रो ठूलो उत्सव भएकाले हाम्रा गाडी जहा जस्तो अवस्थामा छन् त्यहाँ नै व्यवसायी र मजदूरले यो पर्व मनाउन पाउनु पर्छ । मुख्य कुरा हामी कार्यविधिकै प्रतिक्षामा छौँ ।’ 

फोन गर्दा अहिले कोरोनाको सचेतना बज्ने गरेको जस्तै अब बस चढ्दा कसरी सावधानी अपनाउने भनेर सन्देशसहितको रिंगब्याक टोनमा बजाईनुपर्ने व्यवसायीको माग छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved