बुधबार काठमाडौँ उपत्यकामा ७३७ जना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 05:00:20 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार काठमाडौँ उपत्यकाका ७३७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ६५२, ललितपुरका ६० र भक्तपुरकमा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १३ हजार ६६१ पुगेको छ। 

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । हिजो मात्रै उपत्यकाका ६७६ जनामा कोरोना देखिएको थियो ।

मन्त्रालयका अनुसार आज देशभर थप १५ सय ३९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ३७९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved