अर्थतन्त्र उकास्न सार्क सदस्य बीच पारस्परिक सहयोगको आवश्यकता: मन्त्री ज्ञवाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 06:09:59 PM मा प्रकाशित

laxmi  sunrise bank

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालले खस्किएको अर्थतन्तलाई उकास्न सार्क सदस्य राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारी हुनुपर्ने बताएका छन् । आफ्नै अध्यक्षतामा बसेको सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५ औं अनौपचारिक बैठकमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । 

उक्त बैठकमा उदघाटन मन्तव्य दिदै उनले कोभिडको कारणले विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको धारणा राखे। नेपाल तथा दक्षिण एशियाली अर्थतन्त्रको पछिल्लो अवस्थाको चर्चा गदै उनले कोभिडको रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्कराष्ट्रहरु क्रियाशिल रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा सम्भव हुने धारणा व्यक्त गरे। यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउदै आर्थिक पुनर्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उक्त बैठकमा सार्कका महासचिव इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष शिसिन चेनले उदघाटन मन्तव्य राखेका थिए । उनले भने “कोभिड(ज्ञढ र दक्षिण एशियाली अर्थतन्त्र” विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री श्री यासायुक्ती सावादाले प्रस्तुति दिनु भएको थियो।उक्त बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र प्रतिनिधीमण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनु पर्ने धारणा व्यक्त गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved