काठमाडौँ महानगरलाई अनलाइनबाटै कर तिर्न सकिने, कसरी लिने सेवा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 02:12:09 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले आजदेखि १० वटा वडाबाट विद्युतीय प्रणालीमार्फत राजश्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ । प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता बिकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागु गर्ने योजनासहित आज वडा २६ बाट सेवा सुरु गरिएको महानगरले जनाएको छ । 

समयमा कर तिर्न नपाइएको, समयमा सेवा तथा कर तिर्न नपाएको भन्ने सेवाग्राहीको गुनासो आउन् थालेपछि घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत एकनारायण अर्यालले जानकारी दिए । स्थानीयप्रति महानगर उत्तरदायी छ भन्ने कुरा अनुभूति गराउँदै आर्थिक प्रणालीलाई पारदर्शी बनाउन अनलाईन प्रणलीको सुरुवात गरिएको उनले बताए । 

वडा न.२६ का अध्यक्ष एवं सूचना प्रबिधि समितिका सदस्य ख्यामराज तिवारीले विद्युतीय प्रणालीबाटै कर मुल्याङ्कन गर्न र निर्धारित कर भुक्तानी गर्न स्मार्ट सिटी निर्माणका लागि पहिलो शर्त भएको टिप्पणी गरे । ‘डिजिटल साक्षरताको दर बढ्दै गएको छ । यसकारण सेवाग्राहीले प्रणालीमा सजिलै पहुँच राख्नुहुनेछ । यसले चुस्त सेवा प्रवाहमा ठूलो योगदान हुनेछ’ उनले भने ।

राजस्व बिभागका निर्देशक शिवराज अधिकारीका अनुसार बिहीबारदेखि १, २, ३, ४, १०, १५, २६, ३० र ३१ मा प्रणाली प्रयोगमा आइसकेको छ । ‘राजस्व व्यवस्थापनका लागि स्थानीय तहहरुमा काठमाडौं महानगरले पहिलो पटक प्रयोगमा ल्याएको दाबी गरिएको छ । 

कसरी लिने सेवा ?

काठमाडौँ महानगरको बेवसाइटमा अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले महानगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मुल्याङ्क करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुबिधा छ । करदातासँग सम्बन्धित र सोधिएका÷माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नु पर्ने हो? करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धी हो । 

करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मुल्याङ्कनलाई रुजु गरी स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ईसेवा, कनेक्टआईपीएस, खल्ती, फोनपे, आईएमईपे, प्रभु पेलगायत) बाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम सम्बन्धि सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved