गैह्र कानुनी नेटवर्किङ व्यवसायबारे विभागले निकाल्यो यस्तो सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 06:30:22 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेटवर्किङ व्यवसायकै शैलीमा व्यवसाय गरी ठगी गरेको भन्दै गुनासो आएकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विभागले एक सूचना नै जारी गरेर नेपाली तथा विदेशमा रहेका नेपालीलाई समेत आवद्ध गराई ठगी गरेको भन्ने गुनासो आएकाले केही व्यक्ति तथा कम्पनीमाथि छानबिन भईरहेको पनि जनाएको छ । 

विभागले नेटवर्किङ व्यवसाय गैह्र कानुनी भएकाले त्यस्तो व्यवसाय नगर्न पनि अनुरोध गरेको छ । यदि त्यस्तो व्यवसाय गरेको पाइए १० लाखसम्म जरिवाना, ५ वर्षसम्म कैद सजाय वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको भन्दै विभागले सचेत पनि गराएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved