जनकपुर आइपुग्यो नेपाली रेल, यस्तो छ रेलको भित्री र बाहिरी रूपरंग (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 02:03:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले खरिद गरेको रेल शुक्रबार दिउँसो जनकपुर आइपुगेको छ। जनकपुर जयनगर चल्ने उक्त रेल शुक्रवार मध्यान्ह करिब पौने २ बजे जनकपुर स्टेशन आइपुगेको हो । 

शुक्रवार मध्यान्ह आइपुगेको रेल हेर्नलाई ठुलो भिड लागेको छ। स्थानीय प्रत्यक्षदर्शीकाअनुसार जनकपुर आइपुगेको रेल स्वागत गरेको हेर्नलाई हजारौंको संख्यामा स्थानीय उपस्थित थिए।  

८६ करोडमा भारतीय कम्पनीबाट दुई सेट रेल खरिद गरिएको हो । रेल शुक्रवार नै जनकपुर आइपुगे पनि औपचारिक रुपमा सञ्चालन दशैँ तिहारपछि गर्ने तयारी रहेको बताईएको छ।   

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सिल गरिएका कारण तयार भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको थियो। तर रेल्वे विभागले केही दिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेपछि रेल ल्याइएको हो। 

रेलको परीक्षणपछि औपचारिक रुपमा रेल्वे विभागले बुझ्नेछ। रेल संचालनको लागि केही प्राविधिक टोली भारतबाट ल्याइने बिभागले जनाएको छ। यता प्रशासनिक लगायतका कामका लागि बिभागले तीन दिनअघि मात्र १ सय २९ कर्मचारीको नियुक्तिका लागि आवेदन खुला गरेको छ। कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ। 

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत झिकाएको  हो। भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ।  यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ। 






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved