विश्व बैंकले नेपाललाई २३ अर्ब ऋण दिने, कहाँ हुन्छ खर्च ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 05:21:52 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ ।  कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती सामना गर्न तथा नेपाल सरकारले अघिसारेका वित्तीय क्षेत्र सुधारका सबल योजना कार्यान्वयनका निम्ति बैंकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन लागेको हो ।    
    
‘आर्थिक विकासका निम्ति वित्त’ शीर्षकमा बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व, वित्तीय साधनको विविधीकरण, वित्तीय क्षेत्रमा पहुँच विस्तार तथा कोभिड–१९ को महामारीले सृजना गरेको परिस्थितिबाट अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने नेपाल सरकारका प्रयासमा सघाउन उक्त ऋण स्वीकृत गरिएको बैंकको वासिङ्टनस्थित प्रधान कार्यालयले आज जनाएको छ ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved