शनिवार काठमाडौँ उपत्यकाका ७११ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2020 | 04:41:17 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार काठमाडौँ उपत्यकाका ७११ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ५७० , ललितपुरका ५८ र भक्तपुरमा ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १५ हजार ८ सय ४९ पुगेको छ। 

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । हिजो मात्रै उपत्यकाका ८५९ जनामा कोरोना देखिएको थियो ।

मन्त्रालयका अनुसार आज देशभर थप १  हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ४०१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved