आफ्नो पक्षमा प्रदर्शन नगरिदिन कुलमानको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 09:06:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा भईरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आफ्नो  पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति  ध्यानाकर्षण भएको भन्दै उनले प्रदर्शन बन्द गर्न आग्रह गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड१९का कारण नेपाल पनि आक्रान्त भएको वेला र  महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगर्न उनले सबैलाई आग्रह गरेका हुन् ।

उनले भनेका छन् 'नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।'


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved