सरकारमाथि गाडीलाई भाडाको ललिपप देखाएर प्लेनलाई पोसेको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 11:39:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक सवारीका साधनलाई सिट क्षमताको आधा मात्रै यात्रु बोक्न दिने तर प्लेनलाई पूरै सिटमा यात्रु बोक्न दिने निर्णयको यातायात व्यवसायीले विरोध गरेका छन् । आन्तरिक हवाइ उडानमा विमानहरुलाई सिट क्षमता अनुसार नै यात्रु बोक्न दिने निर्णय सार्वजनिक भएपछि यातायात व्यवसायीले गाडीले पनि सिट क्षमता अनुसारकै यात्रु बोक्ने पाउनुपर्ने माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला ठूलावडा र धनी मानिसहरु चढ्ने प्लेनमा पूरै सिटमा यात्रु बोक्न दिने र तर गरिब सर्वसाधारण चढ्ने बसमा यात्रु पनि आधा राख्ने र भाडा पनि ५० प्रतिशत बढाउने निर्णय मान्य नहुने बताउँछन् । उनले पूरै सिटमा यात्रु बोक्न पाउने गरी निर्णय गर्न माग गर्दै सिट क्षमता अनुसारकै यात्रु बोक्न दिने हो भने ५० प्रतिशत भाडा बढाउनु नपर्ने बताए ।

‘हामीलाई ५० प्रशित भाडा बढाईदिएका छौँ नि भनेर ललिपप देखाईएको छ’ सिटौला भन्छन्, ‘प्लेन ठूलाबडाले चढ्ने हुन्, सर्वसाधारणले चढ्ने त गाडी नै हो । तत्काल यो निर्णय पुर्नविचार गरियोस् ।’ 

उनले आफूहरुले कुनै पनि पेशा व्यवसायप्रति विरोध गरेको नभई सरकारको विभेदकारी निर्णयको विरोध गरेको बताए । प्लेनले पनि ज्वरो नाप्ने हो, हामीले पनि ज्वरो नापेर मास्क, स्यानिटाइजर प्रयोग गराएर यात्रा गराउँछौ भन्दा पनि सरकारले नसुनेको उनको भनाई छ । उनका अनुसार देशभरबाट खाली गाडी काठमाडौँ आउन थालिसकेका छन् । 

व्यवसायीले सरकारले प्लेनको हकमा जस्तै गाडीको विषयमा पनि निर्णय नगरे आफूहरु लामो दूरीमा पनि अब पूरै सिटमा यात्रु बोकर यात्रा गर्ने बताईसकेका छन् । यसबारे आफूहरुलाइृ आधिकारीक जानकारी थाहा नभएको तर मिडियाबाट थाहा भए अनुसार प्लेनलाई पूरै सिटमा यात्रु बोक्न दिने निर्णयले आफूहरु अन्यौलमा परेको महासचिव सिटौलाको भनाई छ ।

आन्तरिक हवाई उडान र सार्वजनिक सवारीका साधन असोज १ गतेदेखि सञ्चालन गर्ने भन्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार बसहरु चल्न थालेपनि विमान भने पूर्ण क्षमतामा चलाउन पाउनुपर्ने माग गर्दै उडान नभरी बसेका थिए । विमान कम्पनीले आधा क्षमतामा उडान भर्न नसक्ने बताएपछि पर्यटन मन्त्रालयले सोमबारबाट उडान सञ्चालन गर्नेगरी पूरै क्षमतामा उडान गर्न दिने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved