पशुपतिनाथको मन्दिर दर्शनार्थीका लागि खुलाइँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 04:08:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सुरक्षा मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई दर्शन गर्न दिईने भएको छ । पशुपति क्षेत्र विकास कोषले बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खोलने भएको हो । दर्शनार्थीलाई दुई दुई मिटरको दुरीमा उभ्याएर दर्शनको प्रवन्ध गरिनेछ । 

लकडाउन अघिसम्म दर्शनका लागि खोलिने सबै ढोकाहरु भने नखोलिने कोषले जनाएको छ । दर्शनार्थीलाई पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । सर्वसाधारणहरु मुल ढोकाबाट दर्शन गरेर फर्किनुपर्नेछ, पूरै मन्दिरको परिक्रमा गर्न पाईने छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved